Listen Live

उत्तर कोरियाद्वारा लामो दुरीसम्म मार हान्न सक्ने अर्को क्षेप्यास्त्र परीक्षण
Posted On: Jul 29, 2017

उत्तर कोरियाद्वारा लामो दुरीसम्म मार हान्न सक्ने अर्को क्षेप्यास्त्र परीक्षण

साउन १४- उत्तर कोरियाले लामो दुरीसम्म मार हान्न सक्ने क्षमताको अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ ।जापान र दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेका हुन् ।

उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण करिब ३ हजार किलोमिटर टाढा जापानी समुद्रमा खसेको जापानी राष्ट्रिय प्रसारण संस्था एनएचकेले जनाएको छ ।यही महिनाको शुरुमा पनि उत्तर कोरियाले एउटा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको थियो ।पछिल्लो पटक परीक्षण गरिएको क्षेप्यास्त्रले कति परसम्म मार हान्न सक्छ भन्ने प्रष्ट भइसकेको छैन ।केही विज्ञले भने उक्त क्षेप्यास्त्रले अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने बताएका छन् ।

पछिल्लो परीक्षण सन् २०१७ मा उत्तर कोरियाले गरेको १४ औं क्षेप्यास्त्र परीक्षण हो ।उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेकोमा अमेरिका, दक्षिण कोरिया, जापानलगायतका मुलुकले आपत्ति जनाएको छ । 

Comments
Up Next
धर्मिक गीतहरु
Time: 05:00