Listen Live

म्यूजिक भिडियोमा जम्दै अमृता
Posted On: Nov 24, 2017

म्यूजिक भिडियोमा जम्दै अमृता

चितवन,८ मंसिर । आज भोली प्रेममा धोका दिने चलन निकै बढेका छन् । आफ्नो स्वार्थका पुरा गर्न केहि समयका लागि मायाको नाटक रच्ने र स्वार्थ पुरा भएपछि धोका दिने गर्दछन् । माया प्रेमको जालमा परि कती यूवायूवती बर्बाद भएका छन् ।
यस्तै अमृता लामिछानेको झुटो जालमा परेपछि दिपेन्द्र खड्का पनि बर्बाद भएका छन ।तर यो वास्तविक जिवनमा नभई भर्खरै यूटुवमा सार्वजनिक भएको तिम्रो झुटो जालमा परि बोलको म्यूजिक भिडियोमा हो ।
मनोज सिवाकोटीको स्वरमा रहेको उक्त भिडियोमा अमृता लामीछाने र दिपेन्द्र खड्काको साथमा कृष्ण थापाको पनि अभिनय रहेको छ । कृष्ण लामिछानेको निर्देशनमा बनेको गीतको संगितकार श्री कृष्ण बम मल्ल हुन् । एस के डिजिटल मार्फत बजारमा आएको यस गीतको भिडियोको छायाँकन तथा सम्पादन दिनेश मुस्कानले गरेका हुन् ।

गोरखा आस्राङका अमृता लामिछाने पछिल्लो समयमा म्युजिक भिडियोमा जम्न थालेकी छिन् । यस अघि पनि केहि म्यूजिक भिडियोमा अभिनय गरीसकेकी छिन् ।

भिडियो 

 

 

Comments
On Air
नमस्ते मनकामना
Time: 10:05
Up Next
मनकामना न्युज अपडेट
Time: 11:00