Listen Live

ईच्छाकामनामा मतदाता शिक्षा स्थानिय समन्वय समिति गठन
Posted On: Dec 01, 2017

ईच्छाकामनामा मतदाता शिक्षा स्थानिय समन्वय समिति गठन

चितवन, १५ मंसिर । ईच्छाकामना गाउँपालिकामा मतदाता शिक्षा  सम्बन्धित अन्र्तकृया कार्यक्रम सम्पन्न भएको  छ । गाउँपालिकाको  आयोजनामा सम्पन्न कार्यक्रममा   गाउँपालिकामा क्रियाशिल राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख , विभिन्न संसस्थाका प्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको थियो ।  
कार्यक्रममा मत बदर घटाउनका  लागि मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो ।  कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ निर्वाचनलाई  स्वच्छ निश्पक्ष  सव्तन्त्र र भयरहित बनाउनका लागि  भूमिका खेल्न राजनितिक दलहरुलाई आग्रह गर्दै  निर्वाचन आचारसंहिता पालना  गर्न आग्रह गर्नुभयो । 
 साथै अध्यक्ष गुरुङले मतदाता शिक्षा गत ९ गते देखि नै टोलटोलमा खटाएको र उनिहरुसंग निरन्तर  समपर्कमा रहेको  जानकारी दिदैँ  सबै बुद्धिजिवि, संघसंस्था सुरक्षा निकय संचारकर्मी राजनितिक दलहरुलाई आ– आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।  

  साथै मत बदर संख्या घटाउन निर्वाचन सम्बन्धि शिक्षा टोलटोलमा पु–याउनका लागि  मतदाता शिक्षा स्थानिय समन्वय समिति गठन गरिएको छ ।  गाउँपालिकाका अध्यक्ष गीतका कुमारी गुरुङको  संयोजकमा कार्यकारी अधिकृत नरहरी साकोटा सदस्य सचिव रहेको समितिमा स्थानिय कृयाशिल राजनितिक दलका प्रतिनिधि, सामाजीक संघसंस्थाका प्रतिनिधि, महिला समुह लगायतलाई समेटिएर समिति  गठन गरिएको हो । 

 

 

Comments
On Air
नमस्ते मनकामना
Time: 10:05
Up Next
मनकामना न्युज अपडेट
Time: 11:00