Listen Live

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य बढ्यो मुल्य सुची सहित
Posted On: Jan 02, 2018

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य बढ्यो मुल्य सुची सहित

काठमाडौं, १८ पुस  । फेरि फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ।नेपाल आयल निगम, सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्यवृद्धि गरेको हो।

सोमबारराति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको निगमले जनाएको छ।निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक–एक मूल्यवृद्धि गरिएको छ। खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय दुर्इ, डिजेल र मट्टितेल प्रति लिटर  ७९–७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर  एक हजार तीन सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर  ९० रूपैयाँ कायम गरिएको छ।

Comments
Up Next
धर्मिक गीतहरु
Time: 05:00