Listen Live

मझिमटारमा २५० जनाले नि:शुल्क स्वास्थ्य परिक्षण गराए
Posted On: Jan 06, 2018

मझिमटारमा २५० जनाले नि:शुल्क स्वास्थ्य परिक्षण गराए

धादिङ, २२ पुस । धादिङको मझिमटारमा  आज एक  दिने नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।  बेनीघाट रोराङ गाउँपालिका वडान न.९ स्थित जोगिमारा स्वास्थ्यचौकीमा सम्पन्न स्वास्थ्य शिविरमा धादिङ, गोरखा र चितवनका २५० जनाले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरमा मानसिक, छारेरोग  र दन्त सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट  स्वास्थ्य परिक्षण गराएका थिए ।  
शिविरमा मानसिक रोगी ७३ जना, दाँतका ३७ जना र अन्य रोगका १४३ जनाले स्वास्थ्य परिक्षण गराएको  बेनीघाट रोराङ गाउँपालिकाका स्वास्थ्य सह–संयोजक रमेश अर्यालले जानकारी दिए । 

अन्नपूर्ण न्युरो  अस्पताल काठमाडौँ र रोटरी योनेयामा एलुमनाई नेपाल (RYSAN) को संयुक्त सहकार्यमा  शिविर सम्पन्न भएको हो ।  

बेनीघाट रोराङ गाउँपालिकाको समन्वयमा सम्पन्न शिविरको जोगिमारा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष सूर्य मल्लको सभापतित्व तथा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख महेश्वर श्रेष्ठको प्रमुख आतिथ्य, बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी हरिको वरिष्ठ आतिथ्य र  बरिष्ठ न्युरो सर्जन डा.बसन्त पन्त विशेष आतिथ्यमा एक कार्यक्रमकाबीच स्वास्थ्य शिविरको उद्घाटन गरिएको थियो । 

Comments
On Air
दलित जागरण
Time: 18:15
Up Next
मनकामना खवर
Time: 19:00