Listen Live

चितवनको गाईघाटवाट दुधको ट्यांकर त्रिशुलीमा खस्यो,दुई जनाको मृत्यु
Posted On: Feb 08, 2018

चितवनको गाईघाटवाट दुधको ट्यांकर त्रिशुलीमा खस्यो,दुई जनाको मृत्यु

चितवन, २५ माघ । नारायणगढ –मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटमा आज बिहान ट्रकसँग ठोक्किएर दूध ट्यांकर त्रिशुली नदीमा खसेको छ। चितवनबाट पोखरा जाँदै गरेको बा ४ ख ६९५३ नम्बर दूधको ट्यांकर विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएर नदीमा खसेको हो ।  ट्रक भने सडकमै रहेको पप्रहरीले जनाएको छ।

बिहान करिब ५ः ५५ बजे भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । उनिहरु ट्याँकरको चालक र सहचालक भएको बताइएको छ ।
 अहिले घटनास्थलमा उद्धारका लागि प्रहरीटोली परिचालन गरिएको छ। ट्यांकर अलिकति पानीबाहिर देखिएको थापाले बताए। उद्धारका लागि कुरिनटारस्थित सशस्त्रको विपद् व्यवस्थापन टोली मगाइएको छ। साथै क्रेन पनि झिकाइएको प्रहरी उपरीक्षक थापाले बताए।

Comments
On Air
साझा खबर
Time: 06:00
Up Next
राष्ट्रिय गितहरु
Time: 06:30