Listen Live

सिँचाइसचिव सवार गाडी त्रिशुलीमा खस्यो, तीन जना बेपत्ता
Posted On: Feb 10, 2018

सिँचाइसचिव सवार गाडी त्रिशुलीमा खस्यो, तीन जना बेपत्ता

धादिङ, माघ २७, धादिङको सलाङघाटस्थित त्रिशुली नदीमा जीप खस्दा सिँचाइ मन्त्रालयका सचिवसहित तीनजना बेपत्ता भएका छन्।  कपिलवस्तुको चद्रौटाबाट काठमाडौ जाँदै गरेको बा २ झ ३१४० नम्बरको जीप धादिङ बेनिघाट रोराङ गाउँपालिका–१४ को सलाङघाट स्थित सडकबाट जीप त्रिशुलीमा खसेको हो।

जीप शनिबार बिहान करिब पौने ३ बजेतिर दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ। जिप खस्दा सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव, उनका छोरा सन्तोष यादव र अर्का एकजना आफन्त बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। 

सो दुर्घटनामा चालक निरञ्जन यादव घाइते भएको र उनको उद्धार पछि उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको विपत व्यवस्थापन टोली सहित प्रहरीले बेपत्ताको खोजी जारी  राखेको धादिङ प्रहरीका एसपी ध्रुवराज राउतले बताए। यादव छोरीको बिहे छिनेर फर्किने क्रममा दुर्घटनामा परेको बताइएको छ।

Comments
Up Next
धर्मिक गीतहरु
Time: 05:00