Listen Live

आगालागि हुनबाट यसरी जोगियो कुरिनटारको भानुग्याँस उद्योग , टाटा प्रोजेक्टमा भने क्षती
Posted On: Mar 10, 2018

आगालागि हुनबाट यसरी जोगियो कुरिनटारको भानुग्याँस उद्योग , टाटा प्रोजेक्टमा भने क्षती

हिरालाल गुरुङ

चितवन, २६ फागुन । जंगलमा लागेको आगो फैलिदाँ कुरिनटार स्थित टाटा प्रोजेक्टमा क्षती पु–याएको छ । आज दिउँसो इच्छाकामना ४ कुरिनटार स्थित बनमा लागेको आगो फैलिएर जादाँ प्रोजेक्टको गार्ड बस्ने टहरो र केही तारहरु जलेको इलाका प्रहरी कार्यालय मुग्लिनका इन्चार्ज (प्रहरी निरिक्षक धर्म बहादुर केसीले जानकारी दिनुभयो ।
समयमै आगो नियन्त्रणमा लिन सफल भएका कारण ठूलो क्षती हुनबाट जोगिएको प्रहरी निरिक्षक केसीले बताउनुभयो ।

समयमै आगो नियन्त्रणमा लिएपछि भानुग्याँस भने आगालागि हुन बाट जोगिएको छ । । इलाका प्रहरी कार्यालय मुग्लिन विपद् व्यावस्थापन तालिम केन्द्र कुरिनटारका शसस्त्र प्रहरी र स्थानियले आगो नियन्त्रणमा लिएको हो ।
यसैबीच हिजो देखि वडा न ४ स्थित डालिमा रिर्सोट नजिकैको जंगलमा लागेको आगो पनि प्रहरी र शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको निरिक्षक केसीले जानकारी दिनुभयो ।
आगो कसले लगाएको हो भनी पहिचान नभएको निरिक्षक केसीले बताउनुभयो ।

Comments
On Air
पुराना लोक दोहोरी गीतहरु
Time: 14:05
Up Next
थाहा वुलेटिन
Time: 15:00