Listen Live

एकै रातमा फिस्लिङ बजारका चार पसलमा चोरी
Posted On: Mar 12, 2018

एकै रातमा फिस्लिङ बजारका  चार पसलमा चोरी

हिरालाल गुरुङ

चितवन, (इच्छाकामना) २८ फागुन । फिस्लिङको चार वटा पसलमा चोरी भएको छ ।  गएराती  चितवनको इच्छाकामना ३ फिस्लिङमा रहेको सम्झना श्रेष्ठको किराना पसल,पशुपती बुढाथोकीको किराना पसल र रम्जान दिन मियाँको कपडा पसल र तारा बहादुर  गुरुङको जुत्ता पसलमा चोरी भएको हो ।  

 पशुपती बुढाथोकीको पसलबाट रु २ लाख,सम्झना श्रेष्ठको ३७  हजार  र रम्जान दिन मियाँको कपडा पसलबाट रु ३७ हजार गरि २ लाख ७२ हजार नगदचोरी भएको निवेदन आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक  धर्म बहादुर केसीले जानकारी दिनुभयो ।  तारा बहादुर गुरुङको जुत्ता पसलमा  पनि चोरी भएको जानकारी आएको निरिक्षक केसीले बताउनुभयो । उनको निवेदन भने  परेको छैन ।  

सम्झना किराना पसलमा चोरले एउटा चक्कु समेत छाडेर  गएको छ ।  चोरहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

Comments
On Air
पुराना लोक दोहोरी गीतहरु
Time: 14:05
Up Next
थाहा वुलेटिन
Time: 15:00