Listen Live

चुम्लिङटारमा कार दुर्घटना : एकको मृत्यु ३ घाईते
Posted On: Mar 13, 2018

चुम्लिङटारमा कार दुर्घटना : एकको मृत्यु ३ घाईते

हिरालाल गुरुङ
चितवन, (इच्छाकामना) २९ फागुन । चुम्लिङटारमा कार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । गएराती साढे १ बजे धादिङबाट पोखरा जादैँ गरेको बा १२ च ४६१५ नम्बरको कार पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङटारमा सडक किनारमा पल्टिएर दुर्घटना हुदाँ धादिङ जिल्ला छाप्रे गाउँपालिका ३ का बर्ष २३ का सरोज सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
उनको उपचारका लागि लैजादैँ गर्दा बाटैमा मृत्य भएको हो । दुर्घटनामा परि अन्य ३ जना घाईते भएका छन् । कार चालक धादिङ जुंगेखोला बस्ने बर्ष २४ का अनुप सिंह, धादिङ जिल्ला बेनघिाट रोराङ गाउँपालिका ५ का महेश श्रेष्ठ र धुनीबेशी नगरपालिकाका बर्ष २४ का सरद रोका घाईते भएका हुन् ।
घाईते मध्ये सरद रोकाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनिहरुको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
 कार अनियन्त्रित भई सडक किनारामा पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Comments
On Air
पुराना लोक दोहोरी गीतहरु
Time: 14:05
Up Next
थाहा वुलेटिन
Time: 15:00