Listen Live

गाडीमा गीत बजाए बार्षिक १४ सय रुपैयाँसम्म रोयल्टी तिर्नु पर्ने, नतिरे २ लाख जरिवाना
Posted On: Apr 01, 2018

गाडीमा गीत बजाए बार्षिक १४ सय रुपैयाँसम्म रोयल्टी तिर्नु पर्ने, नतिरे २ लाख जरिवाना

काठमाडौँ, १८ चैत । सार्वजनिक यातायातमा गीत बजाउँदा निश्चित रकम रोयल्टी बापत तिर्नु पर्ने भएको छ। सोमबारबाट यो व्यवस्था देशभरिबाट एक साथ कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ।
विकसित देशहरुमा यस्तो व्यवस्था १ सय बर्षभन्दा पहिलेदेखि नै रहेता पनि नेपालमा भने पहिलो पटक लागु गर्न लागिएको विभागको दावी छ। एफएम, क्यासेट प्लेयर जुनसुकै माध्यमबाट गीत बजाउँदा पनि रोयल्टी तिर्नुपर्ने हुन्छ।
 
कसैले आफ्नो सवारी साधनमा गीत नबजाए उसले रोयल्टी तिर्नु पर्दैन। यदि गीतको रोयल्टी नतिरेर बजाएको पाइएमा प्रतिलिपी ऐन बमोजिम दुर्इ लाख रुपैयाँसम्मको तिर्नुपर्ने हुन्छ। यो निजी सवारी साधनहरुमा भने लागु हुँदैन।
 
यातायात कार्यालयमा सवारी साधनको रुट इजाजत, नवीकरण गर्न जाँदा प्रत्येक छ/छ महिना वा बार्षिक रुपमा रोयल्टी बुझाउन सकिन्छ।
 
कुन सवारीसाधनले कति तिर्नुपर्छ ?
६ पाङग्रे ठूलो सवारी साधनले बार्षिक रुपमा दुर्इ हजार रुपैयाँ बुझाउनुपर्छ।

३ पाङग्रे ट्याम्पोले ८ सय रुपैयाँ, ट्याक्सी, माइक्रो, जीपले एक हजार रुपैयाँ, चार पाङग्रे मझौला मिनी बसले १४ सय रुपैयाँ, ट्रक, ट्याङकरले बार्षिक १२ सय रुपैया, मिनिट्रकले १ हजार रुपैयाँ, पिक अपले ९ सय रुपैयाँ तिर्नु पर्छ।

Comments