Listen Live

नारायणगढ–मुग्लिन सडकखण्डमा आज दिनभर गाडी चल्ने
Posted On: Apr 14, 2018

नारायणगढ–मुग्लिन सडकखण्डमा आज दिनभर गाडी चल्ने

चितवन, बैशाख १ । नारायणगढ–मुग्लिन सडकखण्डमा शनिबार दिनभर गाडी चलाउन पाइने भएको छ ।नयाँ वर्षको पहिलो दिन यात्रुको सुविधालाई ध्यानमा राखी दिनभरी नै गाडी चलाउन दिने निर्णय भएको सडक विस्तार आयोजनाले जनाएको छ । विस्तारको क्रममा रहेको यो सडकखण्डमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गाडी रोकेर काम गरिँदै आएकोमा आज काम बन्द गरेर सडक खुला गरिएको हो ।

पछिल्लो पटक थपिएको म्याद अनुसार आउँदो जेठ १६ गतेसम्ममा यो सडक विस्तारको काम सक्नुपर्नेछ ।

Comments
On Air
दलित जागरण
Time: 18:15
Up Next
मनकामना खवर
Time: 19:00