Listen Live

नारायणगढ–मुग्लिन सडक आजदेखि पुनः दैनिक ६ घण्टा बन्द
Posted On: Apr 15, 2018

नारायणगढ–मुग्लिन सडक आजदेखि पुनः दैनिक ६ घण्टा बन्द

चितवन, २ बैशाख । नारायणगढ–मुग्लिन सडकखण्ड आज देखि पुन ६ घण्टा बन्द गरिने भएको छ । नयाँ बर्षको दिन यात्रुको सुविधालाई ध्यानमा राखी शनिबार दिनभर गाडी संचालनमा आएको थियो ।

विस्तारको क्रममा रहेको यो सडकखण्डमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गाडी रोकेर काम गरिँदै आएकोमा आज काम बन्द गरेर सडक खुला गरिएको हो ।

पछिल्लो पटक थपिएको म्याद अनुसार आउँदो जेठ १६ गतेसम्ममा यो सडक विस्तारको काम सक्नुपर्नेछ ।

Comments
On Air
दलित जागरण
Time: 18:15
Up Next
मनकामना खवर
Time: 19:00