Listen Live

एमाले र माओवादी केन्द्रबीच एकताका लागि सहमती जुट्यो, भोलि मिति घोषणा हुँदै
Posted On: May 16, 2018

एमाले र माओवादी केन्द्रबीच एकताका लागि सहमती जुट्यो, भोलि मिति घोषणा हुँदै

काठमाडौं/ नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि सहमती जुटेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जेठ ६ गते एकता घोषणा गर्न सहमत भएका हुन्।

बुधबार ओली र प्रचण्डबीच पार्टी एकताका विषयमा छलफल गर्न एक्ला एक्लै बसेको बैठकमा उनीहरू सहमत भएका हुन् । आज र भोलि बिहानसम्म एमाले र माओवादीको छुट्टाछुट्टै बैठक बस्ने र भोलि नै एकता संयोजन समितिको बैठक बसेर जेठ ६ गते पार्टी घोषणा गर्ने प्रचण्ड(ओली सहमत भएको बालुवाटार स्रोतले जानकारी दियो ।

आज ४ बजे नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय विस्तारित बैठक पनि बस्दैछ । त्यस्तै एमालेले भोलि बिहान ११ बजे आकस्मिक बैठक बोलाएको छ ।

Comments
On Air
साझा खबर
Time: 06:00
Up Next
राष्ट्रिय गितहरु
Time: 06:30