Listen Live

बुट्टारमा सुआहाराको सरसफाई कार्यक्रम
Posted On: Jun 11, 2018

बुट्टारमा सुआहाराको सरसफाई कार्यक्रम

गोरखा,२८ जेठ । १९ औँ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा सोमबार बुट्टारमा सरसफाई गरिएको छ । सुआहारा कार्यक्रमको सहयोगमा गोरखाको गण्डकी गाउँपालिका १ बुट्टारमा सरसफाई गरिएको हो ।
वडा सदस्य मिन बहादुर सुनारको संंयोजकत्वमा स्थानिय वासी र श्री जनजागृति प्राविका विद्यार्थी र शिक्षकहरुलाई सरसफाईको महत्वको बारेमा अभिमूखीकरण गर्दै स्थानिय क्षेत्र तथा विद्यालयमा सरसफाई कार्यक्रम गरिएको हो ।


कार्यक्रममा सुआहाराका तर्फबाट जिल्ला खाने पानी स्वच्छता अधिकृत टिका उप्रेती, फिल्ड सुपरभाईजररेखा श्रेष्ठ, वास ट्रिगर धनमाया सुनारको उपस्थित रहेका थिए ।
जिल्ला वास अधिकृत टिका उप्रेतीले फोहोरमैला संकलन र त्यसको सही विसर्जनको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा ५० जनाको सहभागीता रहेको कार्यक्रम संयोजक तथा वडा सदस्य मिन बहादुर सुनारले जानकारी दिनुभयो ।

Comments
On Air
पुराना लोक दोहोरी गीतहरु
Time: 14:05
Up Next
थाहा वुलेटिन
Time: 15:00