Listen Live

पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुई तर्फी सुचारु
Posted On: Jun 12, 2018

पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक  दुई तर्फी  सुचारु

चितवन, २९ जेठ । पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडक सुचारु भएको छ । सोमबार साँझ परेको पानीले नारायणगढ—मुग्लिन सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
ईलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार सो सडकको मुग्लिङ नजिकै र कालीखोलामा ३ ठाउँमा पहिरो खसेको थियो ।

राति १० बजेदेखि अवरुद्ध सडक मंगलबार बिहान ४ बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पञ्छाएपछि ६ : ४० बाट दुई तर्फी सडक संचालनमा आएको हो ।

Comments
On Air
पुराना लोक दोहोरी गीतहरु
Time: 14:05
Up Next
थाहा वुलेटिन
Time: 15:00