Listen Live

दूधमा हाेशियार ! साबुनदेखि युरियासम्म
Posted On: Jun 13, 2018

दूधमा हाेशियार !  साबुनदेखि युरियासम्म

काठमाडौं, ३० जेठ  । खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाउने गरेको पाइएको छ। गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको समाचार कान्तिपुर दैनिकमा छ।

काठमाडौं उपत्यकाभित्र ३० दुग्ध प्रशोधन उद्योग छन्। यीमध्ये २५ डेरी उद्योगका ४२ ब्राण्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालमा जाँचिएको थियो।

तीमध्ये ४० वटा मानिसको स्वास्थ्यलाई हानि गर्ने वासिङ सोडादेखि साबुन बनाउने रसायन भेटिएको हो। काठमाडौं भित्रिने दूधमा कास्टिक सोडाबाहेक चिनी, नुन तथा युरिया मलसमेत मिसाएको देखिन्छ।

पशुले खाने दानामार्फत युरिया दूधमा देखिएको हो। यसबाहेक दूधबाट सर्ने रोग क्षयरोगका जीवाणु, कोलिफर्म, इकोलाई आदि पनि भेटिएको ठूलो एक डेरीका प्राविधिकले बताए।

Comments
On Air
पुराना लोक दोहोरी गीतहरु
Time: 14:05
Up Next
थाहा वुलेटिन
Time: 15:00