Listen Live

मुस्ताङमा टिपर दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु, १७ घाइते
Posted On: Jul 06, 2018

मुस्ताङमा टिपर दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु, १७ घाइते

मुस्ताङ,२२ असार । मनाङमा टिपर दुर्घटना हुदाँ १० जनाको मृत्यु भएको छ । आज दिउँसो विरुवा कन्स्ट्रक्सनको बा २ क २२१९ नम्बरको टिपर पल्लो मुस्ताङको स्यानबोचे भन्ने स्थानमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी महेन्द्र खड्काले बताए।

डिएसपी खड्काले भने, १० जनाको मृत्यु भएको जानकारी आएको छ। घटनास्थलतर्फ प्रहरी जाँदै छ।

दुर्घटना १७ जना घाइते भएको डिएसपी खड्काले बताए।

Comments