Listen Live

घुमाउनेमा पहिरो खस्यो, नारायणगढ- मुग्लिन सडक अवरुद्ध
Posted On: Jul 10, 2018

घुमाउनेमा पहिरो खस्यो, नारायणगढ- मुग्लिन सडक अवरुद्ध

चितवन,२६ असार । नारायणगढ–मुग्लिन  सडकखण्डको घुमाउने भन्ने ठाउँमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
नारायणगढ—मुग्लिन सडकखण्डका घुमाउने, गाइघाट, टोपेखोला लगायतको ठाउँमा ठूलो पहिरो भएकाले पन्छाउन समय लाग्ने जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिनु भएको छ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भए पनि निरन्तर पानि परिरहेकोले पहिरो पन्छाउन समय लाग्ने ट्राफिक प्रमुख गौतमको भनाई छ ।
सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भएपनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।

 

Comments