Listen Live

अबरुद्ध नारायणगढ –मुग्लिन सडक खण्ड एक तर्फी सन्चालन
Posted On: Jul 10, 2018

अबरुद्ध नारायणगढ –मुग्लिन सडक खण्ड एक तर्फी सन्चालन

चितवन, २६ असार । अबरुघ नारायणगढ– मुग्लिन सडक एक तर्फी संचालनमा आएको छ । आज विहान ४ बजे नारायणगढ –मुग्लिन सडक खण्डको घुमाउने भन्ने ठाउमा पहिरो संगै रुख खस्दा बाटो अबरुद्ध भएको सडक विहान ६ : ३० बजे देखी एक तर्फी सन्चालनमा आएको हो ।

यस अघि टोपे खोला र जलविरेमा पनि साना पहिरो खसेको थियो भने सोमबार राति नै ११:४० बजे सो सडक खण्डको गाईघाटमा खसेको पहिरो आज विहान १:३० मा पन्छाएर एक तर्फी सडक सन्चालनमा ल्याएको थियो ।रातको समयमा रोकिएका सवारीलाई गन्तब्यमा पठाई पुनः सवारी रोकेर पहिरो हटाउने काम भै रहेको छ पानी परीरहेको र सो सडक खण्डमा पटक पटक पहिरो खस्ने भएकाले उच्च सतर्कता अपनाउन र बैकल्पीक बाटो प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी प्रमुख बेद प्रसाद गौतमले आग्रह गर्नु भएको छ ।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भएपनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।

Comments