Listen Live

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
Posted On: Jul 10, 2018

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन,  २६  असार। पहिरोले अवरुद्ध नारायणगढ मुग्लिनसडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ बजे घुमाउने लगायतका स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध बन्न पुगेको सडको पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको हो । नारायणगढ–मुग्लिन सडकखण्ड आयोजनाका सूचना अधिकारी शिव खनालले घुमाउनेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिए ।

पानी पर्न पनि रोकिएकोले पहिरा हटाउन सहज भएको थियो । बिहानैदेखि जाममा परेका सवारी साधनहरुलाई प्राथमिकताका साथ कटाउने काम थालिएको खनालले जानकारी दिए । पानीपरेसँगैं आउने पहिरोले पटक–पटक सो खण्डखण्ड अवरुद्ध हुँदै आएको छ ।

Comments